हिउँचितुवा गुफा

ठिनी माथि लेकमा हिउँचितुवाको बासस्थल छ । त्यसैले जनमुक्ति युवा क्लबले गाउँको भित्तामा भएका गुफालाई २०७३ सालमा हिउँ चितुवा नामाकरण गरेको हो । त्यहाँ मज्जाका तीनवटा गुफा छन् । गुफाभित्र ध्यान कक्ष बनाउने क्लबको योजना छ ।
ठिनीलाई हिउँचितुवाको राजधानी घोषणा गर्नु पर्ने युवाको माग छ । गाउँमाथि नमखुलेकतिर हिउँचितुवा डुल्छन् । त्यहाँ एक्यापको क्यामेरा ट्रयापिङमा ४ वटा हिउँचितुवा परेका थिए । ठिनीबाट एक दिन हिँडेपछि तिलिचो हिमालको फेद नमखुलेक पुगिन्छ । लेकमा धर्मशाला छ । तिलिचो पिक र निलगिरि हिमालको काखमा अवस्थित नमखुलेकमा हिउँ चितुवा पाइन्छ ।