संग्रहालय

ठिनी गाउँ आफैंमा खुल्ला संग्रहालय हो जहाँ थकालीपन अध्ययन गर्न पाइन्छ । गाउँमा थकाली जीवनशैली, संस्कृति र इतिहास झल्काउने एउटा संग्रहालय पनि बनाइएको छ जुन २९ चैत २०७३ देखि सञ्चालनमा आएको हो । संग्रहालयमा कपडा, गहना, भाँडावर्तन, हतियार, भान्छा आदिलाई कलात्मक ढँगले सजाइएको छ । त्यहाँ राजा थोक्करचेनको पालाका लामा लामा बन्दुक पनि छन् । दर्जनौं सामान संग्रह गरिएको छ । संग्रहालय घुम्न प्रबेश शुल्क तिर्नु पर्छ ।