कागबेनी

 

कालीगण्डकी र म्याग्दी खोला तीरमा उत्तर र पश्चिम फैलिएको छ बेनी बजार । एक समय बेनीले मुक्तिनाथ प्रवेश ारको मात्रै चिनारी बनाएको थियो । जबकि बेनी आफैंमा एउटा पर्यटकीय प्रोडक्ट हो । सरकारले विसं २०७१ वैशाख २५ मा अर्थुंगे, सिँगा, घतान, रत्नेचौर, ज्यामरुककोट, पात्लेखेत, भकिम्ली र पुलाचौर ८ गाविस जोडेर बेनी नगरपालिका 
बनाएपछि बेनीको भुगोल फैलिएको छ ।
बेनी नगरपालिका क्षेत्रमा थुप्रै सम्पदा छन् । पर्वत राज्यको राजधानी ढोलथान, कोट भण्डार, सिँगा तातोपानी कुण्ड, ज्यामरुककोट, हिमाली सौन्दर्य, केभहिल, लभ्लीहिल, स्वर्गाश्रम, जातजातिको जीवनशैली आदि । धार्मिक केन्द्रहरुमा गलेश्वरधाम, जगन्नाथ मन्दिर, महारानी थान, बेनी स्तुप, नवदूर्गा मन्दिर, भर्तिबम शिवालय, पुलत्स्य पुलाश्रम र बलमुक्तेश्वर
लगायत छन् ।
बेनीलाई आध्यात्मिक नगरीका रुपमा ब्राण्डिङ गर्न सकिन्छ । जातिय विविधताको सुन्दर फूलबारी बेनीमा क्षेत्री, मगर, पुन समुदाय, छन्त्याल, नेवार, बाहुन, बिक, थकाली लगायत जातजाति मिलेर बसेका छन् ।
बेनी साहसिक पदयात्रीको “गेट व”े पनि हो । यतैबाट धौलागिरी सेन्चुरी पदमार्ग, गुर्जा पदमार्ग, खोप्रा पदमार्ग, करबाकेली पदमार्ग र गुरिल्ला पदमार्ग यात्रा गर्न सकिन्छ ।
काठमाडौंबाट २८२ किमि दुरीमा पर्छ बेनी । बजारमा खानऽबस्न होटलको दुःख छैन । त्यहाँबाट कोसेलीका रुपमा टिम्बुर, सिस्नुको धुलो, भाँगो, गेडागुडि, गुन्द्रुक, मह, राडिपाखि, अल्लो कपडा, ढाका, व्याग र अगरबत्ति ल्याउन सकिन्छ ।