ढुम्बाताल

 

नेपाली चलचित्र ‘जेरी’ ठिनीमा शुटिङ भएको थियो । त्यहाँ ढुम्बातालको रमणीय दृश्य देखिन्छ । ठ्याक्कै मुटु आकारको तालमा मायालु मनहरु भावुक बन्छन् । अनि आपसमा माया साट्छन् ।
तालको पानी निलो छ । बिहानीपख तालमा निलगिरिको छायाँ टलक्क टल्किन्छ । ताल करिब १ सय ३० मिटर चौंडा, १ सय ६० मिटर लामो र १० मिटर गहिरो छ । यसको फन्को मार्न
१५ मिनेट लाग्छ ।
कुछप तेरेङगा गुम्बाको अगाडि पर्ने ताललाई पवित्र मानिन्छ । यसको चोखो पानी गुम्बाभित्र कचौरामा राखिन्छ । पानी बिहान भर्ने र बेलुकी फ्याँक्ने गरिन्छ । तालको संरक्षण कुछप तेरेङगा गुम्बाले गर्दै आएको छ ।
पानीमा हाँस र माछा देखिन्छ । वरपरबाट जंगली जनावर पानी खान आउँछन् । तलाउमा डुँगा चढ्ने सुविधा छैन । किनारमा सामान्य खाजा पसल छ ।